मरिणमा फोहोरमैला व्यवस्थापन सम्वन्धी तालिम

सिन्धुली,मरिण गाँउपालीकाले टोल विकास संस्थाका प्रतिनिधिहरुलाई फोहोरमैला व्यवस्थापन सम्वन्धी तालिम दिएको छ । टोल विकास संस्थाका पादाधिकारीहरुलाई फोहोरमैला कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उदेश्यले तामिमको आयोजना गरेको मरिण गाँउपालीका समाजिक विकास शाखाका प्रमुख सुदिप केसीले जनाकारी दिनुभयो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गाँउपालीका अध्यक्ष विमर्ष मोक्तान (प्रख्यात) ले गर्नु भएको थियो ।

सो कार्यक्रम उपाध्यक्ष विमला माझी,प्रमुख प्रशासकिय अधिकृत ओम दर्जी,वडा अध्यक्षहरु सहभागी रहेका थिए । फोहोरमैला व्यवस्थापन सम्वन्धी तालिमतालि तिन दिने तामिमा गाँउपालीको ७ वटै वडा टोल विकास संस्थाका पदाधिकारी सहित ३६ जना सहभागी छन । फोहोरमैला व्यवस्थापन सम्वन्धी तालिमको सहजिकरण कमलामाई नगरपालीका वातावरण शाखाका प्रमुख सागरकुमार ढकालले गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *