सिन्धुली,मदन भण्डारी राजमार्ग अन्तरत मरिण गाउँपालिकामा विहान मोटरसाईकल दुर्घटना हुदा ३ जना घाईते भएका छन् । मरिण गाउँपालिका वडा नम्बर २ सखौरीमा भएको दुर्घटनामा घाईते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा मरिण गाउँपालिका वडा नं। २ सखौरीका ३७ बर्षका तारा बहादुर पुलामी, ४१ बर्षका चित्र बहादुर माझी र ३८ बर्षका राम बहादुर ठाडा रहेका छन् । घाइते भएका राम बहादुर ठाडाको अवस्था गम्भीर घाईते छन । एउटै मोटरसाईकलमा तीन जना सवार रहेका थिए । मरिण गाउँपालिका वडा नम्बर ३ नक्कलीबाट घर फर्कने क्रममा आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
घाईतेहरूलाई घाईतेहरूको मरिणको कपिलाकोट प्राथमिक स्वास्थ केन्द्रमा सामान्य उपचार पछि थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौ लैजाने तयारी भईरहेको स्थानीयले वताएका छन ।