मरिणमा १५ शैयाको अस्पताल भवन शिलान्यास

सिन्धुली,मरिण गाँउपालीका वडा नम्वर ७ महेश्वतामा सिन्धुली क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले १५ शैया अस्पताल भवनको शिलान्यास गर्नु भएको छ । संघिय सरकारको १६ करोड ७१ लाख ५८ हजार २ सय ५७ रुपैयाँको लागतमा अस्पताल भवन निर्माण हुन थालेको हो ।

अस्पतल भवन शिलान्यास कार्यक्रममा गोलन्जोर गाँउपालीका अध्यक्ष शंकर वराल,मरिण गाँउपालीका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)गोलन्जोर गाँउपालीका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने,मरिण गाँउपालीका उपाध्यक्ष विमला माझी,प्रमुख प्रशासकीय अधिकृत ओम दर्जी लगायत गाँउकार्यपालीका सदस्या तथा स्थानिय समुदायको उपस्थिती रहेको थियो ।

अस्पताल निर्माण गरि संचालनमा आए पछि मरिण,हरिहरपुरगढी तथा ध्याङ्गलेख गाँउपालीकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *