मरिण खयरसालका छात्रा विद्यार्थीहरुमा अनौठो समस्या

कान्ता गिरी

सिन्धुली,सिन्धुलीको मरिण गाउँपालिका ४ मा रहेको माध्यमिक विद्यालय मरिण खयरसालका छात्रा विद्यार्थीहरूमा अनौठो समस्या देखिएको छ । विद्यालयका छात्रा विद्यार्थीहरूमा अचानक बर्बराउने, रूने, चिच्याउने, उफ्रिने लगाएतका अनौठो समस्या देखिएको विद्यालयले जनाएको छ । स्वास्थ्य कर्मीहरुले सामुहिक हिस्टेरियाको समस्या देखा परेको वताएका छन ।

गएको सोमवार एकैपटक ३१ जना छात्रा विद्यार्थीहरूमा यस्तो समस्या देखिएको विद्यालयका सहायक प्रधानाध्यापक लवाङदोर्जे थिङले जानकारी दिए । गएको सोमवार यतादेखि दैनिक ४र५ जना छात्रामा अनौठो समस्या देखिएको सहायक प्रअ थिङले वताए । विद्यार्थीहरूमा यस्तो अनौठो समस्या देखिए पछि मरिण गाउँपालिका जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू, विद्यार्थी र शिक्षकहरू सहित समस्या समाधानको बारेमा छलफल भएको सहायक प्रअ थिङको भनाई छ ।

स्वास्थ्यकर्मिले यो आतिहाल्नु पर्ने समस्या नभएकोले नआतिन सुझाव दिएका सहायक प्रअ थिङले वताए । तर दैनिक रूपमा छात्राहरूमा समस्या देखिए पछि अब के गर्ने भन्ने बारेमा छलफल गर्नुपर्ने उहाँको भनाइ छ । स्वास्थ्य कर्मीहरुले सामुहिक हिस्टेरिया भएको समस्या देखा परेको वताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *