सिन्धुलीको मरिण गाँउपालीकाले वाल विवाह निरुत्साहित गर्ने उदेश्यले स्नातक तह उतीर्ण गर्ने किशोरीहरुलाई जनही एक एक लाख रुपैयाँ प्रदान गरेको छ । मरिण गाँउपालिकाले गत वर्षवाट वालविवाह निरुत्साहित गर्ने उदेश्यले यस्तो कार्यक्रम अघि सारेको हो ।
मरिण गाँउपालीकाको सभा हलमा आइतवार आयोजना गरिएको कार्यक्रममा टिकाकुमारी श्रेष्ठ मरिण वडा नम्वर ७ र मेलीना माझी मरिण गाँउपालीका ४ लाई एक एक लाख रुपैयाँ गाँउपालीका अध्यक्ष विमर्श मोक्तानले प्रदान गरेका छन् ।