मरिण गाँउपालीकाको एक वर्षमा १ सय १ महत्वपुर्ण योजना

सिन्धुलीको मरिण गाँउपालीकाले एक वर्षमा १ सय १ महत्वपुर्ण योजनाहरु कार्यान्वयन गरेको गाँउपालीका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)ले एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेका छन् । आफु निर्वाचित भए पछि मरिण सरकारले सुरुवाती १ वर्षमा सम्पन्न गरेका महत्वपुर्ण योजनाहरु भएको मोक्तानले दावी गरे ।

सुत्केरी,गर्भवती महिलाहरुलाई निशुल्क एम्वुलेन्स,३ लाख सम्मका योजनाहरु वडा कार्यालयमै सम्झौता गर्न मिल्ने निर्णय,मरिण गाँपालीका भित्र रहेका कक्षा ११ मा पढ्ने सवै छात्राहरुलाई निशुल्क साईकल वितरण,वालविवाह न्युनिकरण गर्न डीप्लोमा पास गरेका अविवाहित युवतीहरुलाई १ लाख प्रोत्साहन पुरस्कार,एक पुरुषहरुलाई निर्वाह भत्ताको व्यवस्था गरेको छ ।

यस्तै मरिण गाँउपालीका स्थायी ठेगाना भएका द्धन्द्ध पिडीत वालवालीकालाई छात्रावृतिको व्यवस्था,द्धन्द्धपिडीत,अनाथ,एकल महिला अपाङ्ग परिवार र अति विपन्न परिवारका वालवालीकालाई पढ्न खयरसालमा आवासीय विद्यालय संचालनमा ल्याएको छ । लैगिक समानताका लागी मरिण गाँउपालीका अन्तर्गतका छोरी जन्माउने सुत्केरी आमालाई ५ हजार पोषण भत्ता मरिण गाँउपालीकाले कार्यान्वयनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *