सिन्धुलीको मरिण गाउँपालिकाले पालिका भित्रका कक्षा ११ मा पढ्ने १ सय ६० जना छात्रालाई साइकल वितरण गरेको छ । गाउँपालिका भित्रका विभिन्न विद्यालयमा कक्षा ११ मा अध्ययनरत १ सय ६० जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
प्रतिनिधि सभा सदस्य राजन दाहालले मरिणका छात्राहरुलाई साइकल वितरण गर्नुभएको हो । छात्राहरुलाई साइकल वितरण गर्दै प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन)ले सिन्धुली का ९ स्थानिय तहरुकाले मरिण गाँउपालीकाले गरेकोका हरेक कार्यक्रम जनता लक्षित भएकोले त्यसलाई अन्य स्थानिय तहले अनुशण गर्नु पर्ने वताउनुभयो । मरिण गाँउपालीकाले गरेका हरेककाम सामाजीक जनसरोकाकारसँग जोडिएको भन्दै गाँउपालीकाको दाहालले प्रसम्सा गर्नु भयो ।
साइकल वितरण गर्दै सांसद दाहालले शिक्षाले व्यक्तिको शारिरिक, मानशिक र सामाजिक रूपमानै सक्षम हुन सहयोग गर्ने भन्दै साईकल वितरणले नियमित शिक्षा आर्जनमा सहयोग पुग्ने बताउनुभयो ।
“समाजका हरेक किशोरीले उच्च तह सम्मको शिक्षा हाँसिल गरेर मात्र बिवाह गरेर समाज परिवर्तनमै सहयोग पुग्ने छ” दाहाले भन्नुभयो ।
उच्च शिक्षा अध्ययनका लागि छात्राहरुलाई विद्यालयसम्म आउन जान सहज होस भन्ने उद्देश्यले छात्राहरुलाई साइकल वितरण गरिएको हो ।
गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम अनुसार कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ ले जानकारी दिनुभयो ।
‘पालिका भित्र रहेका दुई उच्च माध्यमिक विद्यालयहरु छन् । ति विद्यालयमा अध्ययनरत १६० जना विपन्न, दलित, आदिवासी जनजाती छात्राहरुलाई पहिलो चरणमा साइकल वितरण गरिएको हो,’ मोक्तानले भन्नुभयो ।
आफू गाउँपालिकाको अध्यक्षमा निर्वाचित भई सपथ ग्रहण गरेको एक वर्ष पुरा भएकै दिन आफ्नो प्रतिबद्धता अनुसार साइकल वितरण गरिएको अध्यक्ष मोक्तानले बताउनुभयो ।
आफ्नो कार्यकाल एक वर्ष पुरा भएको अवसरमा अध्यक्ष मोक्तानले आफ्ना १०१ महत्वपूर्ण उपलब्धिहरू समेत प्रस्तुत गर्नुभएको थियो ।
साइकल गाउँपालिकालेनै खरिद गरेको हो ।
पालिका भित्रका सबै विद्यालयमा विद्यालय बस नहुँदा कतिपय छात्रारुले विद्यालय जान आउन सास्ती खेप्दै आएका थिए ।
पालिकाले साइकल वितरण गरेपछि आफूहरुमा राहत मिलेको छात्राहरुले प्रतिक्रिया दिएका छन्।