सिन्धुलीको मरिण गाउँपालिका ७ कि मन कुमारी कडेल अहिले त्रिभुवन विश्वविद्यालयमा मास्टर डिग्रि तेस्रो सेमिस्टारमा पढ्दै हुनुहुन्छ । २०७६ सालमा स्नातक तहको पढाई आफ्नै गाउँमा रहेको मरिण बहुमुखी क्याम्पसबाट पुरा गर्नुभएकी कडेललाई शनिवार मरिण गाउँपालिकाले एक लाख रुपैयाँ उपहार दिएको छ ।
बिवाह गर्नुभन्दा अघि नै स्नातक तह सम्मको पढाई पुरा गरेको भन्दै गाउँपालिकाले कडेललाई प्रोत्साहन स्वरुप १ लाख रुपैयाँ उपहार दिएको हो । शनिवार आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल९राजन० को हातबाट गाउँपालिकाले दिएको प्रोत्साहन रकमको चेक लिदै गर्दा कडेलको अनुहार निक्कै हर्षित देखिन्थ्यो । ‘गाउँपालिकाले प्रोत्साहन स्वरुप दिएको रकमले अब मास्टर डिग्री पढ्न सहयोग हुने भएको छ । पढाई बाहेक अरु केही नयाँ काम गरौँ न भन्दा पनि यो प्रोत्साहन रकमले थप बल पुग्ने भयो । गाउँपालिकाको यो कार्यक्रम प्रति खुसी छु । यो कार्यक्रमले म जस्ता किशोरीहरुलाई उच्च शिक्षा पढ्न मद्धत गर्छ’ कडेलले भन्नुभयो ।
प्रोत्साहन रकम वितरण कार्यक्रममा मरिण गाउँपालिका ६ की बिमला तामाङले पनि एक लाख रुपैयाँ पाउनुभयो । उहाँले पनि स्नातक तह सम्मको पढाई मरिण बहुमुखी क्याम्पसमै गर्नुभएको हो । अहिले त्रिभुवन विश्वविद्यालयमा मास्टर डिग्रिको पढाई सुरु गर्नुभएकी तामाङले गाउँपालिकाले दिएको एक लाख रुपैयाँ रकम आफ्नो पढाईमै खर्च गर्ने बताउनुहुन्छ । प्रोत्साहन रकम पाईने भएपछि गाउँपालिकाका किशोरीहरु तथा अभिभावकहरुमा कम्तिमा पनि स्नातक तह सम्म पढेर मात्रै बिवाह गर्नु पर्छ भन्ने भावनाको विकास गराउने तामाङले बताउनुभयो ।
मरिण गाउँपालिकाले बाल बिवाह न्यूनिकरण गर्ने उदेश्यले शनिवार स्नातक तह उत्र्तीर्ण गरी बिबाह गरेका तथा अबिवाहित ५ जना किशोरीहरुलाई जनही एक÷एक लाख रुपैयाँ प्रोत्साहन रकम दिएको हो । गाउँपालिका भित्रको मात्रै क्याम्पसबाट स्नातक तह उत्र्तीण गरेका बिवाहित तथा अबिवाहित किशोरीहरुलाई गाउँपालिकाले प्रोत्साहन रकम दिएको छ ।
आर्थिक बर्ष २०७९÷०८० को गाउँसभाबाट स्वीकृत निति तथा कार्यक्रम अनुसार कार्यविधि बनाएर स्नातह तह उत्र्तीण किशोरीहरुलाई प्रोत्सान स्वरुप एक÷एक लाख रुपैयाँ दिइएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो ।
प्रोत्साहन रकमले गाउँपालिकामा बाल विवाह न्यूनिकरण गर्न तथा उच्च शिक्षामा महिलाहरुको पहुँच बढाउन मद्धत पुग्ने गाउँपालिकाका अध्यक्ष मुक्तानको विश्वास छ ।
प्रोत्साहन रकम वितरण गर्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)ले डिप्लोमा उत्तिर्ण किशोरीहेरुलाई प्रोत्साह उपहार दिने कार्यक्रमले बाल बिवाह न्यूनिकरणको लागि सामाजिक जागरण पैदा गर्ने बताउनुभयो ।