सिन्धुलीको मरिण गाउँपालिकाले आमाबाबु बिहिन बालबालिकालाई मासिक भत्ता उपलब्ध गराउँने भएको छ । बागमती प्रदेश सरकारबाट स्वीकृत आर्थिक बर्ष २०८०र ८१ मा कार्यान्वयन हुने सर्शत कार्यक्रम अन्तर्गत बाबु आमा बिहिन बालबालिका संरक्षण लागी पालिका भित्रका १८ बर्ष उमेर पुरा नभएका बालकबालिकालाई मासिक २ हजार भत्ता उपलब्ध गराउँन लागिएको मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिए ।
भत्ताका लागी जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि वा नागरिकता भएमा नागरिकताको प्रतिलिपि, बाबु आमा दुबैको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि वा दुबै बेपत्ता भएका दुबैको संरक्षण र रेखदेखको बञ्चितमा परेको कागजात, ५ बर्ष उमेर पुगेका बालबालिकाको हकमा बिद्यालयमा भर्ना भई नियमित बिद्यालय जाने गरेको हुनु पर्ने अध्यक्षले वताए ।
विद्यालयले दिएको सिफासिर पत्र, संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित बालबालिकाको संरक्षण हो भनी वडा कार्यलयले दिएको सिफारिस पत्र सहित पुष ७ गते भित्र सम्बन्धित वडा कार्यलयमा निबेदन पेश गर्नुपर्ने अध्यक्ष मोक्तानले वताए ।