मरिण गाँउपालीकाले उन्नत जातको मकैको विउ वितरण

सिन्धुली,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायीक योजना मकै पकेट क्षेत्र अन्तर्गत मरिण गाउँपालिकाले वडा नं २ सखौरी र वडा नम्वर ३ को मथौलीका कृषकहरुलाई उन्नत जातको मकैको विउ वितरण गरिएको छ ।

गाउँपालिकाको सहयोग र वडा नम्वर २ को ठाकुरेश्वर सामाजिक उद्यमी साना किसान महिला कृषि सहकारी संस्था लि.को आयोजनामा किसानहरुई गाउँपालिकाका आदरणीय अध्यक्ष विमर्स मुक्तानले किसानहरुलाई मकैको विउ वितरण गर्नु भएको थियो । सो कार्यक्रममा सहकारीका प्रतिनिधिहरु सहभागी रहेका थिए।

यसै गरी वडा नं को ३ मथौलीमा गाउँपालिकाको सहयोग र साहास लघुउद्यम कृषि सहकारी संस्था लि.को आयोजनामा किसानहरुलाई लागि मकैको विउ वितरण गाँउपालीका अध्यक्ष विमर्स मुक्तानले वितरण गर्नु भएको छ । वितरण कार्याक्रममा वडा नं ३ का अध्यक्ष जित बहादुर श्रेष्ठ तथा सहकारीका प्रतिनिधिको सहभागीता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *