सिन्धुली,सिन्धुलीको मरिण गाँउपालिकाले जेष्ठ नागरिकलाई रेडियो वितरण गरेको छ । गाँउपालिका भित्रका जेष्ठ नागरिकहरुको सम्मानार्थ रेडियो खरिद गरी वितरण गरेको हो ।
मरिण गाँउपालिकाको वडा नम्बर १ र २ का ६८ बर्ष माथिका जेष्ठ नागरिकहरुलाई रेडियो दिएर सम्मान गरेको गाँउपालिकाले जनाएको छ । दुई ओटा वडाका ३ सय ५६ जनालाई रेडियो गाँउपालिकाले उपलब्ध गराईएको हो ।
मरिण गाँउपालिकाले जेष्ठ नागरिकहरुलाई रेडियोसँगै बर्षायाममा ओढ्ने छाता पनि दिएको छ । गाँउपालिकाले छाता र रेडियो दिएसँगै समाचार सुन्न सहज हुने भन्दै जेष्ठ नागरिक खुसी भएका छन् ।
पछिल्लो समय ग्रामिण बस्तिहरुमा युवाहरु रोजगारीको सिलसिलामा विदेश पलायन हुनेक्रम बढेसँगै जेष्ठ नागरिकहरु एक्लिंदै गएका छन् । गाउमा भएका जेष्ठ नागरिकलाई एक्लो महशुस हुनबाट न्यूनिकरण गर्दै मनोरञ्जन सहित देश विदेशका खबर घरमै बसेर सुन्ने अवसर प्रदान गर्न रेडियो वितरण गरिएको मरिण गाँउपालिका सिन्धुलीका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले वताए ।
उहाँका अनुसार गाउपालिकाले जेष्ठ नागरिकहरुलाइ दिएको रेडियोबाट घरमै बसेर मनोरञ्जन लिन सक्ने छ्न । हामिले जेष्ठ नागरिकलाई सम्मान स्वरुप रेडियो र छाता दिएका हौ, उहाले भन्नुभयो बुढेसकालमा भएका सन्तानले पनि कुरा सुन्दिने समय दिदैनन् यस्तो बेला बृद्धअवस्थामा समय पट्यारलाग्दो हुन्छ, त्यसैले रेडियो साहारा बन्न सक्छ भनेर रेडियो दिएका हौ । गाउपालिका अध्यक्ष मोत्तानले रेडियोको विशेषता समेत बुढापाकालाइ बताए ।
पछिल्लो समय ग्रामिण बस्तिहरुमा भौतिक विकास तीव्र गतिमा भएपनि रोजगारीको अवसरका लागि युवाहरु सहर केन्द्रित हुनुका साथै बैदेशिक रोजगारमा जाने क्रम तिब्र छ । जसले गर्दा गाँउबस्तिमा जेष्ठ नागरिकहरु एक्लिदै गएका छन् ।
जनजातीको बाहुल्यता रहेको मरिण गाउपालिका मात्रै १३ सय ४६ जना जेष्ठ नागरिक रहेका छ्न । ‘अहिले वडानम्बर १ र २ का जेष्ठ नागरिकलाइ रेडियो उपलब्ध गराएका छौ, बाँकिलाइ आगामी बर्ष गराउँछौ’, गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख मिना गिरिले वताईन।