मरिण गाँउपालीकाले २३० परिवारलाई वितरण ग¥यो ईनडक्शन चुलो

सिन्धुलीको मरिण गाउँपालिकाले दलित र जनजाति समुदायका २३० परिवारलाई इन्डक्सन चुलो वितरण गरेको छ । पालिकाको वडा नम्बर ५ का माझी समुदायलाई पहिलो प्राथमिकतामा राखेर बिहीबार विद्युतीय चुलो वितरण गरिएको छ ।

गाँउपालीकाले समुदायमा पछाडी परेको माझी समुदायलाई पहिलो प्राथमिकतामा माझीलाई राखेर विद्युतिय इन्डक्शन चुलो वितरण गरेको छ । त्यस पछि दलित अनि मगर समुदायलगायतलाई चुलो वितरण गरिएको गाँउपालीका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)ले वताए। गाउँपालिकाले प्रतिचुलो ३ हजार, संस्थाको र उपभोक्ताको तर्फबाट दुईरदुई हजार सहयोगमा चुलोसँगै आवश्यक भाँडावर्तन वितरण गरिएको थियो ।

वडा अध्यक्षको अध्यक्षता तथा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानको प्रमुख आतिथ्यमा भएको चुलो वितरण कार्यक्रममा पालिकाका उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत ओम दर्जी, कार्यपालिका सदस्य, कर्मचारी, स्थानीयको उपस्थितिमा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *