मरिण गाँउपालीका भित्रका युवायुवतीले विवाह गर्न पालीकावाट अनुमती लिनु पर्ने

सिन्धुलीको मरिण गाउपालिकाले मंसिर १ गतेदेखि बिबाह गर्न अनुमती लिनुपर्ने गाउपालिकाको निर्णय कार्यान्वयनमा ल्याएको छ । गाँउपालीकाले युवा,युवतीले विवाह गर्ने मरिण गाँउपालीका वाट अनिर्वाय अनुमती लिनु पर्ने निर्णय गरेको थियो । अहिले सम्म १५ जोडिले विवाह गर्न अनुमति लिएको गाँउपालीका अध्यक्ष बिमर्श मोक्तानले जानकारी दिए ।

मरिण गाँउपालीकाले छोरिले स्नातक तह पास गरेर बिबाह गर्दा गापाले १ लाख नगद दिने गत वर्ष देखी निर्णय गरेको थियो । गत आर्थिक वर्षमा ५ छोरिलाई प्रोत्साहन गरिसकेको जानकारी अध्यक्षले दिए ।
यस वर्ष पनि मरिण गाउँपालिका ले फारम भर्न को लागि सूचना सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *