सिन्धुलीको मरिण गाउँपालिकाले सरकारी सेवा सुविधा लिने घरपरिवारका बालबालिकाहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ ।
गाउँपालिकाले आज सुचना निकालेर आर्थिक बर्ष बार्षिक निति र हिउँदे गाउँसभाको निर्णय लागु गर्न गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरकारी कोषबाट सेवा सुविधा लिने मरिण गाउँपालिकाबासीहरुलाई शैक्षिक सत्र २०८१ बाट आफ्ना बालबालिकाहरु अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको हो ।
सामुदायिक विद्यालयको खस्कदो गुणस्तर सुधारको लागि यो निर्णय गरिएको गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले वताए ।