सिन्धुलीकाे मरिण गाउपालिकाले मंसिर १ गतेदेखि बिबाह गर्ने युवा युवतीले मरिण गाउँपालीकावाट अनुमती लिनुपर्ने भएको छ । गाउपालिकाको निर्णय कार्यान्वयन गर्न लागेको हाे । हाल सम्म १५ जोडिले विवाह गर्ने अनुमति लिइसकेको गापा अध्यक्ष बिमर्श मोक्तान ले बताउनुभयो । छोरिले ब्याचुलर पास गरेर बिबाह गर्दा गापाले १ लाख नगद दिने गतआब देखि निर्णय गर्दै अघिल्लो आबमा मात्रै ५ छोरिलाई प्रोत्साहन गरिसकेको जानकारी गापा अध्यक्ष ले जानकारी दिए ।