मरिण र दुधौली नगरपालीकाले गरे सुनकोशी र गोलन्जोर गाँउपालीकालाई आर्थिक सहयोग

सिन्धुली,अशोज असोज ११ र १२ गते परेको अविरल बर्षाले सुनकोशी नदीमा आएको भिषण बाढीबाट घर पुर्णरूपमा क्षेती भएका नागरिकलाई राहत तथा विपी र मध्यपहाडी राजमार्ग निर्माण गर्न सहयोग पुगोस भन्ने उदेश्यले मरिण गाँउपालीका र दुधौली नगरपालीकाले सुनकोशी र गोलन्जोर गाँउपालीकालाई आर्थिक सहयोग गरेका छन ।

दुधौली नगरपालिका नगरकार्यपालिका र विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सुनकोशी गाँउपालीकालाई ५ लाख रुपैयाँ र ४ सय लिटर डिजल ,बारुद नियन्त्रण सहित नगर प्रहरी जनशक्ति र पिउने पानीको ३५ काटुन पानी सहयोग गरिएको दुधौलीका मेयर दिनेश अधिकारीले जानकारी दिए ।

गोलोन्जोर गाँउपालीकालाई २ दुई लाख र २०० लि डिजल सहयोग दुधौली नगरपालीकाले गरेको छ । सुनकोशी गाँउपालीका र गोलन्जोर गाँउपालीका अध्यक्षलाई नगर प्रमुख दिनेश अनिकारी र उप प्रमुख भन्द्र किशोर थारुले चेक हस्तान्तरण गर्नु भएको थियो ।

उक्त कार्यक्रम नेका नेता राजन बिष्टबाट व्यक्तिगतरूपमा १० हजार रकम सुनकोशि गा पा का अध्यक्षलाई हस्तान्तरण गरेका छन। नगरपालिकाको बारूणयन्त्र र नगर प्रहरी सुनकोशस गापा मा घरहरूमा पसेको लेदो माटो सरसफाई गर्न प्रयोग गरिएको छ ।

यसै गरी मरिण गाँउपालीकाले सुनकोशी गाँउपालीका र गोलन्जोर गाँउपालीकालाई आर्थिक सहयोग प्रदान गरेको छ । मरिण गाँउपालीकाले वाढीवाट प्रभावित सडक निर्माण गर्न सुनकोशीलाई ३ लाख र गोलन्जोरलाई २ लाख आर्थिक सहयोग गरेको छ । मरिण गाँउपालीकाले आफ्ना नागरिक सहित विपी राजमार्ग प्रयोगन गर्ने आम नागरिकहरु सहजै दशैमा घर आउन पाउन भन्ने उदेश्यले सुनकोशी गाँउपालीकालाई डिजेल खरिद गर्न सहयोग उपलव्ध गराएको गाँउपालीका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले जानकारी दिए । अस्थायी खच्ची सडक निर्माणको लागी प्रयोग भएका डोजर,स्क्याभेटरलाई सो रकमले डिजेल खरिद गर्ने सुनकोशीको गाँउपालीकाको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *