मरिण र हरिहरपुरगढी गापामा टेलीकमको मोवाईल सेवा अवरुद्ध,सरकारी काम प्रभावित

सिन्धुलीको मरिण र हरिहरपुरगढी गाँउपालीकामा केही दिन देखी नेपाल टेलीकमको नेटर्वकमा समस्या आउँदा स्थानिय तहका कार्यालयको काम प्रभावित भएको छ । मरिण गाँउपालीकाको प्रमुख प्रशासकिय अधिकृत ओम दर्जीले सर्वसाधारणलाई सम्वोधन गरेर सुचना जारी गरेका छन् । नेपाल टेलीकमको नटर्वकमा समस्या भएको कारण प्रमुख प्रशासकिय अधिकृत दर्जीले नयाँ नम्वर सहित सर्वसाधारणको लागी सम्पर्क गर्न फेसवुक मार्फत सुचना जारी गरेका छन ।

यस्तै हरिहरपुरगढी गाँउपालीका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकराले पनि नेपाल टेलीकमको नेटर्वकमा समस्या हुँदा असार मसान्तमा सर्वसाधारणले सास्ती खेप्नु परेको वताए । अनलाईन प्रणालीद्धारा भुक्तानी हुने भएकोले धेरै भुक्तानीहरु पेन्डीमा रहेको अधिकृत पैकराले वताए । यस विषयमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारीलाई पनि भनेका छौ समस्याको समाधान भएको छैन उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *