मरिण वनले प्रयोग गर्यो तामाङ र नेपाल भाषा लिपि सहितको वोर्ड

सिन्धुली डिभिजन वन कार्यालय मरिण सिन्धुलीले कार्यालयको बोर्डमा तामाङ र नेपाल भाषा सहितको लिपीमा वोर्ड वनाएको छ । सम्भवत तिन भाषा उल्लेख गरि लेखिएको कार्यालयको वोर्ड सिन्धुली जिल्लाकै पहिलो हो । वन डिभिजन कार्यालय सिन्धुलीका सुचना अधिकारी वच्चुराम सुवेदीले सम्वन्धित निकायवाट डिजाईन उपलव्ध नभएकोले तामाङ र नेपाल भाषा लिपि सहितको वोर्ड कार्यालयमा राख्न नसकिएको वताए । सरकारले गरेको निर्णय हामीले कार्यान्वय गर्नु पर्छ प्रवक्ता सुवेदीले भने ।

प्रधानमन्त्रीले पुष्पकमल दाहाल (प्रचण्ड) ले २०८१ वैशाक २४ गते देखी बागमती प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाको रूपमा शुभारम्भ भएको घोषणा गर्नु भएको थियो । बागमती प्रदेश सरकारको निर्णय अनुसार तामाङ र नेपाल भाषा समेतको लिपि सिन्धुली जिल्लामा प्रदेश सरकार मातहतका कार्यालयले यो निर्णय कार्यन्वय गर्नु पर्ने छ ।

जिल्लामा रहेका प्रदेश सरकार मातहतका अधिकांश कार्यालयले तामाङ र नेपाल भाषा लिपि सहितको वोर्ड राखेका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *