सिन्धुली,मरिण गाँउपालीकाले प्रत्येक वर्ष आफ्नो निति तथा कार्याक्रममा मरिणका जनतालाई सार्वभौम मान्दै फरक र जनता लक्षित नयाँ प्रकृतिका जनमुखी योजनाहरु प्रस्तुत गर्दै आएको छ । गाँउपालीका अध्यक्ष विमर्ष मोक्तान(प्रख्यात)ले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१।८२को वार्षिक, निति तथा कार्यक्रममा पूर्व जनमुक्ति सेना र जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुले परिवर्तनका खातिर गरेको अमूल्य योगदानको कदर गर्दै स्वास्थ्य वीमा कार्यक्रम आवद्ध गर्न विशेष महत्वपुर्ण कार्यक्रम ल्याएको छ ।
यसैगरी सहिद तथा वेपत्ता परिवारजनलाई परिवर्तनप्रति सकारात्मक भाव पैदा गराई अपनत्व ग्रहण गराउन एवं सरकार साथमा छ भन्ने कुराको आभाष दिलाउन सहिद तथा वेपत्ता परिवारलाई मासिक २ हजारका दरले जीवन निर्वाह भत्ता उपलब्ध गराइने गाँउपालीकाले आफ्नो निति तथा कार्यक्रममा उल्लेख गरेको छ । यो प्रकृतिको निति तथा कार्यक्रम प्रस्तुत गर्ने मरिण सरकार नेपालको पहिलो हुन सक्छ ।
यसैगरी मरिण सरकारले आफ्नो समुदाय लक्षित जनमुखी कार्यक्रम गर्ने निति अवलम्वन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । एकल पुरुष भत्ता वितरण निन्तरता,गर्भवती महिला निःशुल्क एम्बुलेन्स सेवा निरन्तरता,निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम बढोत्तरी गर्दै निरन्तरता,छोरी जन्माउनेलाई प्रोत्साहन कार्यक्रम निरन्तरत, स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने महिलालाई प्रोत्साहन कार्यक्रम निरन्तरता,उत्पादन तथा विक्रीमा आधारित अनुदान कार्यक्रम बढोत्तरी गर्दै निरन्तरता,आवासीय छात्रावास कार्यक्रम निरन्तरता,अनाथ, असहाय एवं द्धन्द्धपीडित छात्रावृत्ति कार्यक्रम निरन्तरता,गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अघि सारेको छ ।
यस्तै गरी गाउँपालिका अध्यक्ष विपन्न नागरिक सुरक्षित आवास कार्यक्रम,योगदानमा आधारित किसान पेन्सन कार्यक्रम,गौरीशंकर मावि जयमंगलाई सहिद शेरमान कुँवर स्मृति मा।वि। नामाकरण,माध्यमिक विद्यालयका विद्यार्थीहरु सँग करेसाबारी कार्यक्रम, युवा सँग मरिण सरकार कार्यक्रम, विद्युतीय सवारी साधनलाई प्राथमिकता एवं प्रवर्द्धन कार्यक्रम,सरकारी संरचना निर्माण गर्दा स्वदेशी काठको अनिवार्य प्रयोग, प्राथमिकता र प्रवर्द्धन,एक वडा एक पर्यटन संरचना निर्माण,२ मा विज्ञान संकाय संचालनका लागि पहल गर्ने,प्राविधिक विषय पढ्न चाहने जेहन्दार विद्यार्थीलाई छात्रावृत्ति प्रदान नीति निर्माण गरिने उल्लेख गरिएको छ ।
यस्तै जैविक विविधता संरक्षण, वृक्षारोपण, हरित उद्यान, नर्सरी स्थापना तथा जैबिकफलफूल खेति प्रवर्द्धन, नवीकरणीय उर्जा प्रविधिहरु प्रवर्द्धन, बन तथा बतावरण संरक्षण,लगायतका जलवायु अनुकुलन तथा समुत्थानका कार्यक्रमहरु संचालनमा ल्याइनेछ,मरिण गाउँपालिकाका नागरिकहरुलाई विपद्जन्य कार्यमा सहजता ल्याउन सब बाहन र बारुण यन्त्रको सुविधा उपलब्ध गराउन पहल गरिनेछ,अपाङ्गता भएका व्यक्तिहरुको लागि नाँपजाँच सहित न्यूनतम सहायता सामग्री एवं खास प्रकारका स्वास्थ्य तथा सरसफाई सामग्रीहरु नियमित र निःशुल्क उपलब्ध गराउन पहल गरिने जनाएको छ ।
सहकारी मैत्री नीति, ऐन तथा नियमावली एवं कार्यविधिहरु र अन्तर सम्बन्धितकानुनहरु तर्जुमा, परिमार्जन, नियमन, अनुगमन, निरीक्षण, पृष्ठपोषण लगायतका,प्रवर्द्धनात्मक कार्यक्रमहरु संचालन गरिनेछमरिण गाउँपालिकाको पर्यटनलाई बहुआयामिक पक्षहरुसँग जोडी एक वडा एक पर्यटन,क्षेत्र निर्माणमा विशेष पहल गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।