सिन्धुली,जिल्लाको ईलाका प्रहरी कार्यालय खुर्कोट महिला मैत्रि कमाण्डै वन्दै गएको छ । खुर्कोटले पुनः तेश्रो पटक महिला प्रहरी कमाण्डरवाट(इन्सपेक्टर) नेतृत्व गर्ने अवसर पाएको छ । खुर्कोटमा अहिले एल्जीला राईले कमाण्ड समालेकी छिन । राजधानीसँग सजिल्यै पहुुँच राख्न सकिने मुख्य राजमार्ग सँगै जोडीएको कार्यालय भएको हुनाले महिला इन्सपेक्टरहरुको रोजाईमा खुर्कोट ईलाका प्रहरी कार्यालय हुन सक्छ ।
तर उनको वुझाई फरक छ । संगठनको आवश्यकताले होला यहाँ महिला इन्सपेक्टरहरु कमाण्डर वनेर आउनु परेको छ । प्रहरीले गर्नु पर्ने कार्यहरु,अपराध नियन्त्रण,अनुसन्धान र स्थानीय जनता,जनप्रतिनिधि,सरोकारवालाहरुसँग सहकार्य गरेर काम गर्ने उनले योजना वनाएकी छिन ।
ईलाका प्रहरी कार्यालय खुर्कोटमा २०७६ साल देखी २०७८ साल सम्म पहिलो पटक शान्ता वाइवाले महिला कमाण्डर भएर नेतृत्व गरिन । त्यस पछि २०७९ साल चैत्र देखी २०८१ साल जेठको पहिलो २ गते सम्म दोश्रो पटक सविता केसीले खुर्कोट ईप्रकाको कमाण्ड समालिन । त्यस पछि २०८१ साल जेठ २ गते देखी ईलाका प्रहरी कार्यालय खुर्कोटको नेतृत्व गर्दै तेश्रो पटक पुनःमहिला इस्पेक्टर एल्जीना राईको आगमन भएको छ ।
ईलाका प्रहरी कार्यालय खुर्कोट विपी र मध्यपहाडी लोकमार्गको केन्द्रमा पर्छ । खुर्कोट इलाका प्रहरी कार्यालयले उदयपुर,रामेछाप,काभ्रेपलान्चोक र ओखलढुङ्गासँग जिल्लाको गतिविधिलाई नियाल्नु पर्ने छ ।
उदयपुरको घुर्मी वजार देखी सुनकोशी गाँउपालीका १ को सिमा क्षेत्र आँपघारी सम्म यही ईप्रकाको मताहत क्षेत्र हो । सिन्धुली जिल्लाको ३ वटा गाँउपालीका सुनकोशी,गोलन्जोर र फिक्कल गाँउपालीका भित्र हुने सवै खाले गतिविधिलाई अनुगमन र नियन्त्रण गर्न महिला कमाण्डरको लागी चुनौतीको विषय वन्न सक्छ ।
राईलाई २ पटक महिलाले नेतृत्व गरेर गएको स्थान खुर्कोटमा सफल नेतृत्व गर्न अनेक चुनौती हुन सक्छ । सडक सन्जाल,दुर्गम भुगोल,होटल हव र चार वटा जिल्लासँग सिमाना जोडीएको नाकामा हुने अनेकन अपराधि गतिविधि नियन्त्रण गर्न सहज छैन । यहाँ अन्य क्षेत्रको भन्दा फरक प्रकृतिका केसहरु आउने गरेको राईको अनुभव छ ।
फरक फरक समुदायका मानिसको वसोवास भएकोले यहाँ केसका प्रकृति पनि त्यसै अनुसार आउने रहेछ उनले वताईन । सडकमा हुने गतिविधि,लागुऔषध,होटलमा वसेर वनाउने अपराधिक योजनाहरु,छिमेकी जिल्लाको सिमानाकामा हुने अपराधिक गतिविधि उनको लागी समस्या वन्न सक्छ ।
यो अवसर(कमाण्ड) मेरो पहिलो अनुभव हो । यहाँ रहुन्जेल आफ्नो ईलाका भित्र हुने जस्तो सुकै अपराधिक गतिविधि नियन्त्रण गर्न सक्षम हुने दावी उनको छ । प्रहरी कार्य र कानुन कार्यन्वयमा कडाईका साथ लाग्ने र अन्यायमा परेकाहरुलाई न्याय दिलाउने हरसम्भव प्रयास गर्ने छु । त्यसमा सफलता मिल्यो भने आफु सफल भएको महँसुस हुने राईको वुझाई छ ।
वुवाको ईच्छा छोरी नेपाल पुलीसको अधिकृत भएको हेर्ने थियो । मैले वुवाको ईच्छालाई मार्न नसकेर नेपाल पुलिसमा भर्ना भएको हो । अस्टेलीयाको भिजा त्यागेर देशको सेवा गर्न लागेको उनको भनाई छ ।