सिन्धुली,नेकपा माओवादी केन्द्र कमलामाई नगर कमिटिको निर्वाचन माघ १८ गते हुँदैछ । सो निर्वाचनमा वर्तमान नगर अध्यक्ष शेरवहादुर कार्की र उपाध्यक्ष किरण लामा दुवै अध्यक्षको उम्मेदवार भएको वताएका छन । शेरवहादुर कार्कीले टिमनै वनाएका छन् । उपाध्यक्षमा मनोज अधिकारी र गणेश केसी,सचिव चन्द्रनाथ गौतम र कोषाध्यक्षमा दुर्गा लक्ष्मी श्रेष्ठ रहेको कार्कीले वताएका छन् । कार्कीको पहिलो प्राथमिकता सर्वसहमत नै छ ।
अर्का अध्यक्षका उम्मेदवार किरण लामा पनि चुनावमा जाँदा टिम वनाएर जाने तयारी छन । पहिलो प्रयास सर्वसहमतको हुने छ । सर्वसहमत भएन भने चुनावको विकल्प हुन्न । उनले भुगोल मिलाएर टिम वन्ने वताए ।