माओवादी आन्दोलनलाई कमजोर पार्ने र नेतृत्व माथि प्रहार गर्ने गतिविधि स्वीकार्य छैनःगणेश रत्नले

सिन्धुली,नेकपा (माओवादी) केन्द्र सिन्धुली जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन) का स्वकिय सचिव गणेश रत्नले एक विज्ञप्ती प्रकाशित गर्दै केही समय यता माओवादी आन्दोलनलाई कमजोर बनाउने उदेश्य सहित नेतृत्वमाथि प्रहार केन्द्रित आएको समाचार प्रति असन्तुस्टी जनाएका छन ।

पार्टी भित्र र पार्टी बाहिरका बिरोधिहरु एकसाथ भएर माननीय लेखनाथ दाहाल(राजन)को विरुद्ध केही संचारमाध्यममा भ्रामक समाचार सम्प्रेषण गर्दै आयको प्रति स्वकिय सचिव रत्नले आपत्ति जनाएका हुन ।

२०७४ सालमा बागमती प्रदेश सभा सदस्य र २०७९ सालमा प्रतिनिधि सभा सदस्य भएर निरन्तर निस्वार्थ,निशर्त देश र जनताको सेवामा समर्पित भै कार्य गरि रहनु भएको कुरा सर्वविदितै छ । तसर्थ रिस आबेग र कुन्ठाले भरिपुर्ण प्रतिक्रियावादीद्वारा छरिने र छरिएको सबै खाले भ्रममा नपर्न सबैमा विनम्र अनुरोध गर्दछु विज्ञप्तीमा लेखेकाछन।

ब्यक्तिगत लान्छना चरीत्रहत्या र भ्रमको साहारा लियर प्रहार केन्द्रित गरिरहेका छन । उक्त लान्छनाको जवाफ नभै जानकारी गराउनु पर्ने कर्तव्य ठानिएको छ ।माननीय राजन दाहाल २०४६ साल देखि विद्यार्थी आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै नेतृत्व तहमा बसेर आफ्नो राजनीतिक जीवन सुरु गर्नु भएको विज्ञप्तीमा उल्लेख छ।

२०४७ सालमा पार्टी सदस्यता १० बर्षे महान जनयुद्धमा संलग्नता सगै भुमिगत जीवनको सुरुवात गर्नु भएको कुरा सम्पूर्ण पार्टी पङ्ति र जनसमुदालाइ जानकारी नै छ । २०५०साल फागुन २ गते बिहान ७ बजे नै प्रहरीले घर घेरेर बुवा लिलानाथ दाहालको गिरफ्तारी ऐतिहासिक सिन्धुलीगढी कब्जा लगाएत मुद्दामा २०५३देखि २०५६ सम्म जेल जीवन यापन गरि २७ हजार धरौटीमा छुट पुर्जी सहित जेल बाट निस्कनु भएको विज्ञप्तीमा सचिव रत्नले लेखेका छन ।

२०५५सालमै सिन्धुली अदालतबाट सर्बश्वहरण सहित उहाँको जमिन रोक्का गरिएको थियो जुन मालपोत कार्यालय सिन्धुलीमा समेत बुझ्न् हेर्न सकिन्छ ।पार्टीको आन्तरिक अन्तरबिरोधको कारण तत्कालीन पार्टीको नेतृत्वले सम्पर्क नदिएपछि करिब ६ महिनाको एकल प्रयत्न पछि पार्टी सम्पर्कको लागि प्रवास प्रस्थान गर्नु भएको हो ।

प्रवासमा रहदा पार्टीको जिल्ला इन्चार्ज अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सचिब,योङ्ग कम्युनिस्ट लीग नेपाल ९थ्ऋी ल्भउब०ि प्रवास शाखाको केन्द्रीय प्रबक्ता तथा महासचिव पार्टीको क्षेत्रीय ब्यूरो सदस्य भै काम गर्नु भएको कुरा पुनः स्मरण गराउन चाहान्छौ । त्यस्तै गरि पार्टीले दियको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा विभिन्न जिल्लामा रहेर काम गर्नु भयो । यस सगै भोजपुरमा २पटक,सोलुखुम्बु(२पटक रामेछाप (४बर्ष जिल्ला इन्चार्ज भएर काम गर्नु भएको हो ।

साथै २०६९ साल देखि पार्टीको केन्द्रीय तहमा बसेर काम गर्नु भइ नेतृत्व प्रदान गर्नु भयो । पार्टीले २०६६ सालदेखि सिन्धुली जिल्लामा कार्यक्षेत्र तोकिए सगै अनवरत जिल्लाको नेतृत्व २०७० सालमा निर्वाचन क्षेत्र न(१ सिन्धुलीको उम्मेदवार भै झिनो मतले पराजित हुनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *