माओवादी नेताहरुको सम्पत्ति छानविन गर्न लेखनाथ दाहाल(राजन)को माग

काठमाडौं,नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने प्रतिनिधिसभाका सांसद समेत रहेका केन्द्रीय सदस्य लेखनाथ दाहाल(राजन)ले माग गर्नुभएको छ ।

“सरकारको भ्रष्टाचारविरोधी अभियानलाई साथ दिनुपर्छ । सुन प्रकरणमा लगायतमा नाम जोडिएको कमरेडहरुले अनुसन्धान गरी पाउँ भनी सरकारसँग माग गरेर विज्ञप्ति जारी गर्नुपर्यो,” उनले बैठकमा भनेका छन् ।

सुन तस्करी प्रकरणमा माओवादीका उपाध्यक्ष समेत रहेका प्रवक्ता कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुनको नाम समेत जोडिन पुगेको छ ।
उनले आन्तरिक प्रतिस्पर्धामार्फत सबै कमिटी निर्माण गर्ने ढोका यही बैठकबाट खोल्न समेत माग गरेका छन् । उनले पार्टी भित्र देखिएका सबै खाले अराजक,अनुशासनहीन, गुटग्रस्त मानसिकता त्यागनु पर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *