सिन्धुली,सुनकोशी गाँउपालीका वडा नम्वर ६ चैनपुर फाँट सुनकोशी किनारमा संचालन गरिएको क्रशरले अवैध रुपमा सुनकोशी नदि भित्र डोजर प्रवेश गरी नदी उत्खनन गर्ने गरेको छ । क्रशर संचालकले सुनकोशी नदि भित्र डोजर प्रवेश गराई नदी उत्खनन गरेको जानकारी जिल्ला प्रहरी कार्यालयलाई दिँदा पनि प्रहरीले उत्खनन नरोकेको आरोप स्थानियले प्रहरीलाई लगाएका छन् ।
क्रशर व्यवसायीको कनेक्शन खुर्कोट प्रहरीसँग भएकोले जती गुनासो गरे पनि प्रहरीले केही नगरेको चैनपुरका स्थानियको भनाई छ । ईलाका प्रहरी कार्यालय खुर्कोटवाट प्रहरीको भ्यान आउँछ जान्छ । त्यो भन्दा वाहेक केही भएको छैन स्थानिय वासिन्दा भन्छन् ।
तर जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एस्पी विनोद शर्मा भने सुनकोशी नदी भित्र प्रवेश गरेका डोजरको साँचो खोसेर सुनकोशी गाँउपालीकालाई जिम्मा दिएको वताउछन । केही दिन एस्पी शर्माले नदी उत्खनन गर्ने काम पुर्णरुपमा नियन्त्रण गर्ने वताएका थिए । क्रशर मालिकसँग घुस पनि नलिने अवैध धन्दा पनि चल्ल नदिने पत्रकार सम्मेलनको आयोजना गरेर शमौले भनेका थिए । त्यो व्यवहारमा हेर्न वाँकी छ ।