विक्रम सम्वत १८५० तिर पुर्व दुई नम्वर सिन्धुली जिल्लाको सितलपार्टी गाँउ पन्चायतको अमारे गाँउका वीर सरदार डम्बरसिंह थापाका भाइ अरिमर्दन थापा (बगाले)ले सितलपाटी गाँउ पन्चायतको चैनपुर फाँटमा कलात्मक पाटी बनाउन लगाएका थिए । यो पाटी पुर्वी नेपालवाट काठमाडौ आउने जाने पैदल यात्रुहरुको लागी भरपर्दो वास वस्ने स्थान रहेको थियो । मुलवाटोमै रहेको ऐतिहाँसीक पाटी नेपालको पुर्व एक नम्वर तथा पुर्व दुई नम्वरवाट काठमाडौ जाने आउेन पैदल यात्रीको लागी बास बस्न ख्याती कमाएको थियो।
मालेपाटीको नामले प्रख्यात यस पाटीको नामाकरण बारेमा एउटा किमवदन्ती सुनिन्छ । काठमाडौवाट घुम्दै आएका राणाहरुले मालेपाटीको झ्रयाल,ढोकामा र थाममा वनाएका कलात्मक वुट्टाहरु देखे । कुँद्ने मगर मिस्त्रीले झ्याल,ढोका र थाममा वुट्टा भर्ने काम गरेका थिए । यस्तो राम्रो कलात्मक वुट्टाहरु राजाको दरवारमा पनि छैन भन्दै मिस्त्रीको प्रशंसा गरे । मिस्त्रीलाई वोलाए अब यस्तो बुट्टाबनाउन पाउँदैनस भन्दै हात जोड्न लगाए छन । राणाहरु निरदही थिए । उनीहरुलाई कसैको मायादया लाग्दैन थियो । उनीहरुमा शिक्तीको उन्माद थियो । झ्रयाल,ढोका,थाममा वुट्टा वनाउने मिस्त्रीलाई दुवै हात एक ठाउँमा जोडेर राख्न लगाए र राणले मिस्त्रीको दुवै हात तरवारले काटी दिएको भन्ने अमारेका पुराना वासिन्दाहरुको भनाई सुन्न पाइन्छ ।
त्यस पछि एकदिन घुम्दै राजा आएर यो बुटाबनाउँने मिस्त्री को हो भनेर गाँउमा सोधे छन् । मगरले म हो सरकार भने,तेरोहात खोईत माले (छैन)भनेर दुई ठुटेहात राजालाई देखाएपछि तिमिलाई दरवारमा बुट्टा बनाउँन लैजाउँ भनेको तिम्रो दुवै हात रैनछ । लेउँ ५०० रुपैयाँ कुखुराखानु आजबाट पाटी को नाम माले (छैन) भन्नु भनेर राजा गएका थिए । सो वेला के नाम गरेका राज घुम्दै सितलपाटी आएका थिए भन्ने वारेमा कतै उल्लेख गरिएको छैन । सिन्धुलीको ऐतिहाँशिक पुरात्वात्तिक मठमन्दीर,पाटी पौवाको खोज कर्ता दिलीप थापाले आफ्ने पुस्तकमा लेखेका छन् ।
त्यसपछी डराएका मगरहरुले कसैले पनि यो पाटी कसले बनाएको भनेर सोधखोज गर्दा (माले)अर्थात मगर भाषामा छैन भनेर जवाफ दिन थाले । यसरी माले भन्दा भन्दै यो पाटीको नाम नै मालेपाटी रहन गएको भन्ने भनाईहरु रहेका छन् । हाल यो पाटी सुनकोशी गाँउपालिकाको वडा नम्वर ६ चैनपुर फाँटमा रहेको छ।