मुख्यमन्त्री जम्कटेलद्धारा मरिण गाँउपालीकाको वडा कार्यालय उद्घाटन

सिन्धुली वागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्केटलले सिन्धुलीको मरिण गाँउपालीका वडा नम्वर २ को वडा कार्यालय उद्घाटन गर्नुभयो । कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री जम्कटेलले संघिय संरचनामा जनतासँग प्रत्यक्ष जोडिएर जनताको काम गर्ने स्थानिय तहको वडा कार्यालयनै भएको वताउनुभयो । सर्वसाधारण नागरिकलाई वडा कार्यालयले सवै किसिमका सेवा सुविधाहरु छिटो र छरितो तरिकाले प्रदान गर्न सुझाव पनि दिनुभयो ।

वागमती प्रदेश सरकारले शिक्षा,स्वास्थ्य,खानेपाली,सिंचाईलाई पहिलो प्राथमिकतामा राखेर निति तथा कार्यक्रम अघि सार्ने छ । स्थानिय तहले पनि त्यसै गरी योजना छनोट गर्न सुझाव दिनुभयो । त्यस पछि भौतिक पुर्वाधारका योजना अघि वढाउनु पर्ने वताउनुभयो ।

हरिहरपुरगढी गाँउपालीका वडा नम्वर १ मा अलपत्र रहेको वज्रमाला सिंचाई आयोजना कार्यान्वयन गराउने उदेश्यले त्यसको मुहान हेर्दै यहाँ आएको उहाँले वताउनुभयो । यो आयोजना वागमती प्रदेश सरकारको महत्वपुर्ण आयोजना भित्र पर्ने उहाँले वताउनुभयो ।

यसै गरी वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले वागमती प्रदेश भित्रका ११९ स्थानिय तह मध्ये ध्याङ्गलेख गाँउपालीका ११७ ,हरिहरपुरगढी गाँउपालीका ११३ र मरिण गाँउपालीका ११५ नम्वमा छन् । यो वागमती प्रदेश सरकारको मानव सुचांक रहेको वताउनुभयो । वागमतीमा ६६ प्रदेश छन ति मध्ये वागमती प्रदेशको विकाश सुचांकमा सिन्धुली जिल्लाको क्षेत्र नम्वर २ प्रदेश सभा(ख) ६६ नम्वरमा परेको मन्त्री श्रेष्ठले वताउनुभयो ।

यस्तै गरी वागमती प्रदेश सरकारका खानेपानी,सिंचाई उर्जा तथा जलश्रोत मन्त्री तिर्थ लामाले वागमती प्रदेश सरकार जनताको समस्या वुझ्न घर आँगन आएको वताए । जनताको मुहार फेर्ने दायित्व हामीले लिएका छौ । जनतालाई प्रत्यक्ष लाभ पुग्ने आवश्यक योजना माग्नुस वागमती प्रदेश सरकार जहिले पनि तपाईहरुको साथमा रहेको वताउनुभयो । यस्तै वागमती प्रदेश सभा सदस्य क्षेत्रवहादुर वम्जनले वर्तमान सरकारले जनताको पक्षमा काम गर्नु वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *