मुख्यमन्त्री जम्कटेलद्धारा जुनार काटेर एक वडा एक कृषि कार्यक्रमको उद्घाटन

सिन्धुली,वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले वागमती प्रदेश कृषि तथा पशुपंक्षि मन्त्रालयद्धारा आयोजना गरिएको समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रमको उद्घाटन गर्नुभयो ।

सिन्धुलीको मरिण गाँउपालीकामा वागमति प्रदेश कृषि तथा पशुपंक्षि मन्त्रालयद्धारा आयोजना गरिएको कार्यक्रम प्रमुख अतिथि मुख्यमन्त्री जम्कटेलले खाद्यान्यमा वागमती लाई प्रदेशलाई आत्मनिर्भर वनाउने उदेश्यले यो कार्यक्रम ल्याएको वताउनुभयो ।

पालीकामा उत्पादन भएका कृषि उत्पादनहरु गाँउपालीकाले कृषकसँग खरिद गरी आफैले विक्री गर्ने योजना अघि वढाएर विचौलीयाको अन्त्य गर्नु पर्ने वताए ।
हरेक स्थानिय तहले आफ्नो क्षेत्रमा मुलवालीको रुपमा उत्पादन हुने कृषि उत्पादनलाई पकेट क्षेत्र वनाउने गरि योजना अघि सार्न मुख्यमन्त्रीले निर्देशन दिनुभयो ।

कार्यक्रममा कृषि तथा पशुपंक्षि मन्त्री रामेश्वर श्रेष्ठ,सामाजिक विकास मन्त्री कुमारी मोक्तान,प्रदेश सभा सदस्यहरु,चितवन,मकवानपुर,सिन्धुली तथा रामेछाप जिल्ला सहित चार जिल्लाका
मेयर,उपमेयर,अध्यक्ष,उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *