काठमाडौं,वैदेशिक रोजगारीको लागी साइप्रस पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना मेनपावर व्यवसायीलाई प्रहरीले पक्राउ परेको छ। पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्वर ३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्वर १५ डल्लु वस्ने ३३ वर्षीय राजन गिरी रहेका छन् ।
गिरिले सौरभ नेपाललाई वैदेशिक रोजगारीको लागि साइप्रस पठाइदिन्छु भन्दै पीडितबाट पटक पटक गरी दुई लाख रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए । उनी लामो सयम देखी काठमाडौमा वस्दै आएका छन् ।
प्रहरीले उनलाई आइतबार काठमाडौँ महानगरपालिका लाजिम्पाटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाएको छ ।