मेराे राजीनामा पाटी हितको लागी:हरिवाेल

सिन्धुली,प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएकाे वताए । मैले राजीनामा दिएको कुरा सिन्धुलीमा सार्बजनिक भएछ । मलाई एकजना पत्रकारले फाेन गरेर साेधे पछि मिडियालाई ढाट्न हुदैन भनेर मैले राजीनामा दिएको जानकारी दिए उनले भने ।

मैले २० मंसिरमा राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने भइसकेको छैन ।राजीनामा बुझाएको तर  स्वीकृति भएको जानकारी नआएको उनले बताए ।

राजीनामा दिनुको कारण पछि थाहा हुने उनले बताए । ‘मैले बाध्यताले  होइन,अन्य कारणले राजीनामा दिएको हो । यसबारे पछि जानकारी गराउँछु’, गजुरेलले भने ।

नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए। गजुरेल २०७८ मंसिर ४ को निर्वाचनमा सिन्धुलीबाट उम्मेदवारको दौडमा थिए। तर त्यहाँ राजन दाहाललाई टिकट दिइएको थियो।त्यसपछि उनी असन्तुष्ट थिए। असन्तुष्ट रहेका गजुरेललाई प्रचण्डले सल्लाहकार बनाएको एक वर्ष नपुग्दै राजीनामा दिएका हुन्। मेराे राजीनामा राष्ट्रिय सभा चुनाव प्रति लक्षित नभएको उनले वताए । राजनीति गर्ने व्यक्तिले हिम्मत गर्नु पर्ने भएकोले हिम्मतका साथ सल्लाहकारवाट राजीनामा दिएको वताए । हिम्मत के का लागि गरेको गजुरेलले वताएनन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *