मेरो चिरित्र हत्या गरियो न्याय खोज्न अदालत जान्छु

सिन्धुली,हरिहरपुरगढी गाँउपालीका अध्यक्ष वज्रध्वज वाईवासँग मेरो नाम जोडेर म माथि केही पुरुषहरुले हिंसा र चरित्र हत्या गरेको आरोप महिलाले लगाएकी छिन ।

नेकपा एमालेका नेता मानवहादुर वाईवाले मेरो चरित्र हत्या गर्ने कामको नेतृत्व गरेका छन । तिनीहरुले म माथि लगाएका आरोपहरु सवै झुठा हुन । मेरो श्रीमान भिमवहादुर मोक्तानले मलाई सँधै घरेलु हिंसा,यातना दिएको कारण मैले यातना थेग्न नसकेर काठमाडौं माईती आमा,भाईसँग वस्दै आएको छु । एउटी पिडीत महिलाको विषयमा एमाले किन वोल्दैन उनले प्रश्न गरिन ।

श्रीमान र मेरो सम्पर्क छैन । हाम्रो डिभोर्ष भएको ३ वर्ष भयो । डिभोर्ष हुँदा मैले पाउने सम्पत्ति छोरीलाई छोडेको छु । छोरीले दुःख नपाओस भनेर । वज्रध्वज वाईवा मैले चिन्दछु । वागमती नगरपालीकामा हाम्रो घर नजिकै उनको घर थियो ।

त्यहाँ भन्दा वाहेक उनीसँग मेरो कुनै सम्वन्ध छैन । उनीसँग नाम जोडेर मेरो चरित्र हत्या गरेका छन । मैले सवैलाई त्यहाँ गएर जवाफ दिन सक्दीन । त्यसको जवाफ अदालतले दिन्छ । नेपालमा महिला कानुनको विषयमा उनीहरुलाई जानकारी होला उनले भनिन ।

। एउटी पिडीत महिलाको चरित्र हत्या हरिहरपुरगढी गाँउपालीकामा एमालेका नेताहरुले गरि रहेकाछन । मेरो चरित्र हत्यामा लाग्ने पुरुषहरुको नाम मलाई ख्याल छ । उनीहरुको विरुद्ध अदालत जान्छु । मैले महिला अधिकार के हो वुझेको छु । मेरो अधिकार कसरी स्थापित हुन्छ मलाई थाहा छ उनले भनिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *