मोटरसाईकल दुर्घटनामा प्रहरी असईको मृत्यु

सिन्धुली जिल्लाको फिक्कल गाँउपालीकाको स्वल्पाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ भने अर्का एक प्रहरी गम्भीर घाइते भएका छन्।

फिक्कल गाउँपालिका वडा नम्बर ५ झगरेवेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट गस्ती गर्दै चौकी तर्फ फर्कने क्रममा दुई प्रहरी सवार ३(०२(००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो।

मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका ९ घर भई प्रहरी चौकी रत्नावतिमा कार्यरत प्रहरी सहायक निरीक्षक रविन्द्र कुमार ठाकुरको मृत्यु भएको छ ।

उनको खुर्कोटस्थित सामुदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए।

यसैगरी तनहुँको भिमाद नगरपालिका(७ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हबलदार सूर्य कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनको पनि अवस्था गम्भीर रहेको एसपी काफ्लेले जनाए।

उनको खुर्कोटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाउने तयारी भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *