सिन्धुली,सिन्धुलीको गोलन्जोर गाउँपालिकाको ७ खुर्कोटका बाढी पिडितहरूलाई प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले वुधवार राहत वितरण गर्नु भयो । गएको असोज ११ र १२ गते परेको अविरल बर्षाले सुनकोशी नदीमा आएको भिषण बाढीबाट घर पुर्णरूपमा क्षति भएको खुर्कोटका ८७ घर परिवारलाई राहत सामाग्रीहरू वितरण गरिएको हो ।
जिल्लामा क्रियासिल विभिन्न गैरसरकारी संस्थाहरूले जिल्ला विपद व्यवस्थापन समितिलाई उपलब्ध गराएका राहतका सामाग्रीहरू बाढी पिडितहरूलाई वितरण सो कार्यक्रममा वागमती प्रदेश सभा सदस्य सुस्पा भुजेले,गोलन्जोर गाँउपालीका अध्यक्ष शंकर वराल,सुनकोशी गाँउपालीका अध्यक्ष दिपा वोहोरा दाहाल,गोलन्जोर गाँउपालीका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने,सहायत प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुयालको पनि सहभागीता रहेको थियो ।
राहतमा एक परिवार बराबर २५ केजी चामल, दाल,नुन,तेल,चिनी, गैर खाद्यान्न सामाग्रीमा ५ जनाको परिवारलाई पुग्ने भाडाकुडा, लत्ताकपडा, ओड्नेओछ्याउने, म्याट लगाएतका सामाग्रीहरू प्रतिनिधि सभा सदस्य दाहालले वितरण गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाईटीले उपलब्ध गराएको गैर खाद्यान्नका सामाग्री, रिलिफ नेपाल र हेन्डस नेपालले उपलब्ध गराएको गैरखाद्यान्न सामाग्रीहरू खुर्कोटका बाढी पिडितहरूलाई वितरण गरिएको सहायक प्रजिअ फुयालले बताउनुभयो ।