सिन्धुली,प्रतिनिधि सभा सिन्धुली क्षेत्र नम्वर २ का सदस्य लेखनाथ दाहाल(राजन)ले विहिवार विहान जिल्ला समन्वय समितीको जिल्ला सभा दोश्रो अधिवेशनको उद्घाटन गर्नुभयो । कार्यक्रम उद्घाटन गर्दै जिल्ला समन्वय समितीले संघ,प्रदेश र स्थानिय तहसँग समन्वयकारी भुमिका खेल्नु पर्ने वताउनुभयो । उहाँले जिल्ला भित्र संचालन भएका विकास निर्माणका योजनाहरु प्रभावकारी अनुगमन समन्वयकारी र भुमिका निर्वाह जिल्ला समन्वय समितीलाई सुझाव दिनुभयो ।
उद्घाटन सभामा वागमती प्रदेश सभा सदस्य छेत्रवहादुर वम्जन,मातृका भट्टराई,दुधौली नगरपालीका प्रमुख दिनेश अधिकारी,कमलामाई नगरपालीका उपप्रमुख मन्जु देवकोटा,सुनकोशी गाँउपालीका अध्यक्ष दिपावहोरा दाहाल,मरिण गाँउपालीका अध्यक्ष विर्मश मोक्तान,गोलन्जोर गाँउपालीका अध्यक्ष शंकर वराल,फिक्कल गाँउपालीका अध्यक्ष पार्वती सुवुवार उपस्थिती रहेको छ ।
यसै गरी हरिहरपुरगढी गाँउपालीका अध्यक्ष वज्रध्वज वाईवा,ध्याङलेख अध्यक्ष जगतवहादुर भ्लोलन,प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल,जिल्ला प्रहरी कार्यालयका प्रमुख एस्पी राजकुमार सिलवाल,सहित गाँउपालीका उपाध्यहरुको सभामा उपस्थिती रहेको छ ।