राजन दाहालद्धारा मरिण सरकारको प्रशंम्सा

सिन्धुली,मरिण गाँउपालीकाले कक्षा एघारमा भर्ना भएका छात्रालाई साइकल वितरण गरेको छ । साइकल वितरण कार्यक्रमको प्रमुख अतिथि रहेका दाहालले मरिण गाँउपालीका सरकारसँग अन्य गाँउपालीकाले योजना छनोट गर्ने विषयमा सिक्नु पर्ने वताउनुभयो ।

मरिण सरकार स्थानिय जनता प्रति उत्तरदायी भएको देखीन्छ । स्थानिय सरकार जनताको दुःख सुखको साथी वन्न सक्नु पर्छ । जनताको चाहान अनुसारको योजना छनोट गर्न मरिण सक्षम भएको भन्दै अन्य पालीकाले पनि मरिणले वनाउने योजनाहरु फलो गर्न साँसद दाहालले आग्रह गर्नुभयो ।

मरिण गाउँपालीका भित्र रहेका दुई उच्च माध्यमिक बिद्यालय कपिलाकोट उमावि महेश्वताका १२७ जना र उमावि खयरसालका ५२ जना सहित १७९ जना कक्षा ११ मा भर्ना भएका छात्रालाई साइकल वितरण गरिएको छ । कार्यक्रम प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सिन्धुली क्षेत्र नम्बर २ का माननिय सांसद लेखनाथ दाहाल(राजन)ले बिद्यार्थीहरूलाई साईकल वितरण गर्नु भएको थियो । सो कार्यक्रम गाँउपालीका अध्यक्ष विमर्ष मोक्तान(प्रख्यात)को अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *