सिन्धुलीको सुनकोशी गाँउपालीकाको विभिन्न वडाहरुमा निःशुल्क आँखा शिविर संचालन हुने भएको छ । सुनकोशी गाँउपालीकाको वडा नम्वर १ को कुशेश्वर मन्दीर परिसरमा कात्तिक १८ गते सोही दिन वडा नम्वर ४ को शिद्ध मावी कोटगाँउ र कात्तिक १९ गते वडा नम्वर ५ को रामटारमा निशुल्क आँखा शिवीर संचालन हुन लागेको हो ।
तिलगंगा आँखा अस्पताल काठमार्डौ,सुनकोशी गाँउपालीका,सिन्धुलीय श्रेष्ठ समाज काठमाडौं,नेपाल रेडक्रश सोसाईटी सुनकोशी ५ उपशाखा,सुनकोशी युवा क्वल र मुकुटेश्वरी बहुउदेश्यी कृषि सहकारी संस्था लि.को संयुक्त आयोजना निशुल्क आँखा शिविर संचालन गर्न लागेको मुकुटेश्वरी वहुउदेश्यीय कृषि सहकारी संस्था अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।
शिविरमा आँखा चेक गर्दा मोतिया विन्दु भएका विरामीहरु फेला परे तिलगंगा आँखा अस्पतालमा काठमाडौंमा लगेर निशुल्क उपचार गरिने प्रवन्ध मिलाएको सुनकोशी युवा क्लवका अध्यक्ष हरिकृष्ण श्रेष्ठले वताए ।