सिन्धुली,कमलामाई नगरपालीका वडा नम्वर १ घागरठाकुर सामुदायीक वन उपभोक्ता समिती तिनतलेको जंगलमा रुख ढाल्ने क्रममा सोही रुखले किचेर लोकनारायण श्रेष्ठको मृत्यु भएको छ । सामुदायीक वनले ठेक्का लगाएको चिलाउनेको रुख काट्ने क्रममा रुखले किचेर कमलामाई नगरपालीका वडा नम्वर ५ श्रेष्ठको मुत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्यु घट्ना स्थलमै भएको प्रहरीले जनाएको छ । सो घट्नाको वारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता चिरन्जीवि दाहालले वताए ।