सिन्धुली,सिन्धुलीमा लडेर एक युवकको मृत्यु भएको छ । दुधौली नगरपालिका २ स्थित गोरेटो बाटोमा लडेर ३३ वर्षीय सुनिल कुमार यादवको मृत्यु भएको हो । मधुगंगा महादेव मन्दिर दर्शन गर्न जाँदा यादव लडेर गम्भीर घाइते भएका थिए । यादव भारतीय नागरिक हुन परिवार सहित मधुगंगा महादेवको दर्शन गर्न आएका थिए ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि सहरी स्वास्थ्य क्लिनिकमा लगिएकोमा उपचारको क्रममा यादवको मृत्यु भएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक (एस्पी) राजकुमार सिलवालले जानकारी दिए ।