सिन्धुली,कमलामाई नगरपालीका वडा नम्वर ४ ढुङ्ग्रेबासमा डेरा गरी बस्ने तीनपाटन गाँउपालीका वडा नम्वर ९ बस्ने बर्ष २६ को बिनोद परीयार र गोलन्जोर गाँउपालकिा ६ बस्ने बर्ष २२ रबिन मैनाली समेतले लागुऔषध बिक्री बितरण गरि रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई कमलामाई नगरपालीका वडा नम्वर ४ ढुङ्ग्रेबासवाट पक्राउ गरेको जानकारी दिएको छ ।
अवैध लागु औषध विक्री भैरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली चेकजाँच गर्दा निम्न परिमाणको लागु औषध फेला पारी लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कर्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काले जानकारी दिए । लागु औषध खैरो हिरोईन जस्तो देखिने प्लाष्टिकको साना पोकामा प्याक गरिएको २८थान,लागुऔषध गाँजा र ट्याब्लेट उनीहरुको साथवाट वरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।