लागू औषध सहित दुई जना नियन्त्रण

सिन्धुली,कमलामाई नगरपालीका ९ भिमान चेकपोष्ट स्थित विपी राजमार्गमा भिमान र लागुऔसध नियन्त्रण व्युरो शाखा कार्यलय बर्दीबासको संयुक्त टोलीले खैरो हिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ ।

जनकपुरबाट काठमान्डौतर्फ जादै गरेका काठमाण्डौ जाँदै गरेका काठमार्डौ महानगरपालीका ३० बस्ने वर्ष ३३ को एन्जल ओलीले चलाएको प्रदेश ३–०२–०१३ प ३८६३ नंँम्वरको मोटरसाईकल रोकी चेकजाच गर्दा मोटरसाईकल पछाडि सवार नुवाकोट ककनी गापा ५ घर भई काठमाण्डौ महानगरपालीका ३१ शान्तीनगर कोठा गरी बस्ने वर्ष २९ को शुसिल लामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुले पछाडी बोकेको कालो रङ्गको झोला भित्र पहेलो रङ्गको प्लास्टिकको पोको र सो पोको भित्र सेतो रङ्गको प्लास्टिक भित्र लुकाई छिपाई ल्याएको खैरो रङको पिठो जस्तो देखिने (लागुऔषध खैरो हिरोइन) गिलो पदार्थ १९ ग्राम ११० मिलि ग्राम (पलास्टिक बाहेक) फेला परेको थियो ।

मोटरसाईकल सहित दुबै जनालाई नियन्त्रणमा लिई लागु औषध अपराध अन्तर्गत मुद्धामा सम्मानित जिल्ला अदालत सिन्धुलीबाट दिन ५ म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *