लेखनाथ दाहालद्धारा मरिण अध्यक्षकप रनि शिल्ड उद्घाटन

सिन्धुली,मरिण गाँउपालीकाले आयोजना गरेको अध्यक्षकप रनि शिल्ड प्रतियोगीताको सिन्धुली क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले उद्घाटन गर्नु भयो । मरिण गाँउपालीकाको वडा नम्वर ३ मथौलीमा अध्यक्षकप रनि शिल्ड प्रतियोगीताको आयोजना गरेको छ ।

अध्यक्षकप उद्घाटन गर्दै प्रमुख अतिथि दाहालले धन सँधै टिक्न सक्दैन तर शिप र ज्ञान सदैव टिक्ने वताउनुभयो । राज्यले शिक्षा र खेलमा ठुलो लगानी गरेको छ । सिप विकाश गर्न विद्यालयहरुले विद्यार्थीहरुलाई प्रत्येक दिनको एक घन्टा खेल्ने समय मिलाउनु आवश्यक रहेको छ । सँगसँगै अन्तर विद्यालय,अन्तर वडा,अन्तर पालीका स्तरिय खेलकुद प्रतियोगीताको आयोजना गर्न सके यहीवाट अम्वल खेलाडीहरु उत्पादन हुने साँसद दाहालले वताउनुभयो । स्थानिय सरकारसँगसँगै केन्द्रीय सरकारले पनि खेलकुदलाई आवश्यक सहयोग गर्ने उहाँले वताउनभुयो ।

उद्घाटन कर्याक्रमा मरिण गाँउपालीका उपाध्यक्ष विमला माझि,हरिहरपुरगढी गाँउपालीका अध्यक्ष वज्रध्वज वाईवा,मरिण गाँउपालीका अध्यक्ष विर्मश मोक्तान तथा जिल्ला समन्वय समितीका प्रमुख कारसा लामाले खेल सफलताको शुभकामना दिनुभएको थियो ।

पुरुष फुटवल १३ टिम मिला टिमले भाग लिएका प्रथम हुने टिमलाई १ लाख पुरस्कार रहेको छ । यस्तै महिला फुटवलमा ७ टिम सहभागी भएका छन । प्रथम हुने महिला टिमले पनि १ लाख पुरस्कार पाउने छ । पुरुष भलिवल १२ टिम सहभागी रहेका छन् । प्रथम हुने टिमले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । यस्तै महिला भलिवलमा ६ सहभागी रहेका छन । भलिवलमा प्रथम हुने टिमलाई २० हजार प्राप्त गर्ने छन। यस्तै कराँते मा प्रथम हुनेलाई १० हजार रुपैया दिईने छ । व्याडमिन्टनमा प्रथम हुने टिमले १० हजार रुपैया प्राप्त गर्नेछ । व्याडमिन्टन ७ टिमले भाग लिएका छन् । खेल फागुन २८ गते सम्म संचालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *