वच्चु कोइराला सर्वसम्मत अध्यक्ष निर्वाचित

सिन्धुली,सुनकोशी गाँउपालीका स्तरिय नेपाल शिक्षक महासंघको दोश्रो अधिवेशनवाट वच्चु कोइराला सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन । सुनकोशी महासंघको सह अध्यक्षमा सुर्य विक्रम कार्की,उपाध्यक्ष प्रकाश थापा,उपाध्यक्ष महिला सरस्वती श्रेष्ट,सचिव सर्वेश्वर कोइराला,सहसचिव अर्थ दिनेश कोइराला,सहसचिव भरत वहादुर लोप्चन र निर्मला श्रेष्ठ,सहसचिव संस्थागत पवन आचार्य,सहसचिव सन्तोष कार्की,उमा खड्का थापा सर्वसम्मत निर्वाचित भएको जानकारी शिक्षक पारुल खड्काले जानकारी दिनुभयो ।

समितिका सदस्यहरुमा केदार वहादुर थापा,अपरा भट्टराई,मोहन सिंजाली,प्रज्ञा श्रेष्ठ,धनदोर्जे तामाङ हिरालाल न्यौपाने,सुर्यकुमार सारु,अशोक कुमार थिङ र सुमित्रा पराजुली निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितीलाई सुनकोशी शिक्षक महासंघका निर्वतमान अध्यक्ष शंकर प्रसाद उप्रेतिले सपथ ग्रहण गराउने गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *