सिन्धुली,नेकपा एमालेका महासचिव शंकर पोखरलले वर्तमान सत्ता समिकरण मिसन ८४ सम्म भएको वताएका छन् । नेकपा एमाले सिन्धुलीको ८ औं जिल्ला अधिवेशन उद्घाटन गर्न आएका पोखरेलले पत्रकारहरुसाग सो कुरा वताएका हुन ।
नेकपा एमालेका अर्जुन दृष्टि मिसन ८४ भएकोले त्यो वेला सम्म यो सरकारले निरन्तरता पाउने महासचिव पोखरेलले वताए । मिसन ८४ मा नेकपा एमालेले एकल वहुमतको सरकार वनाएर मुलकुलाई समृद्धिको दिशा तर्फ ल्यैजाने योजना रहेको पोखरेलले पत्रकार माझ वताए ।
सर्वोच्च अदालतले व्याख्या गरि सकेको छ । सरकार वन्ने विकल्प रहुन्जेल प्रदेश सरकार विघटन र मध्यावधि नहुने उनले वताए । कोशी प्रदेश र सुदुरपश्चिम प्रदेशमा नयाँ सरकार वन्न सकस भैरहेको अवस्थामा महासचिव पोखरेलले यस्तो वताएका हुन । यि दुवै प्रदेशमा ढिलोमा चार दिन भित्र नयाँ सरकार वनिसक्ने दावी पोखरेलले गरे ।