सिन्धुली – नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपाल
(वाइसीएल) सुनकोशी गाउँपालिका अन्तर्गत रहेको ७ वडा मध्ये शनिवार ६ वटा वडा भेला सम्पन्न भएको छ । भेलावाट निर्वाचित अध्यक्ष तथा पदाधिकारी र सदस्य निर्वाचित भएका सुनकोशी गाँउपालीका वाईसीएल अध्यक्ष पेमा लामाले जानकारी दिए ।
सुनकोशी गाँउपालाीका वडा नम्वर १ मा सलन भुजेलको अध्यतामा २१ सदस्यीय समिति गठन गरिएको छ । वडा नम्वर २ मा अनिल हायुको अध्यतामा २९ सदस्यीय समिति गठन भएको छ । यस्तै वडा न ३ मा हेमन्त पुरिको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ ।
वडा नम्वर ४ मा सबिन पुर्कुटिको अध्यक्षतामा २१ सदस्यीय समिती गरिएको छ भने वडा नम्वर ५ मा प्राविधिक कारणले आज भनिएको वडा भेला आइतवारको लागी सारिएको छ । वडा नम्वर ६ मा मोतिराम बिकको अध्यक्षतामा १९ सदस्यीय समिती भएको छ । यस्तै वडा नम्वर ७ मा विनय लामाको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरिएको छ ।