वागमती प्रदेश सरकारमा १२ मन्त्रालय कामय,रामकृष्ण चित्रकारले तिन महिना पछि पाए मन्त्रालयको जिम्मेवारी

हेटौँडा,बागमती प्रदेश सरकारले मन्त्रालय सङ्ख्या बढाउँदै १२ वटा पुर्‍याएको छ। ११ मन्त्रालय रहेको बागमती प्रदेशमा मङ्गलबार यहाँ बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन बागमती प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेसँगै १२ वटा मन्त्रालय पुगेको छ।

योसँगै विना विभागीय मन्त्री रामकृष्ण चित्रकारले तीन महिनापछि मन्त्रालयको जिम्मेवारी पाएका छन।

गत जेठ ७ गते मन्त्रिपरिषद् विस्तारसँगै विना विभागीय मन्त्री बन्नुभएका नेपाली कांग्रेस संसदीय दलका उपनेतासमेत रहनुभएका मन्त्री चित्रकार कार्यविभाजनमा ढिलाई हुँदा मन्त्रालयबिहीन भएका थियो।

मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली स्वीकृत गरेसँगै बिना विभागीय मन्त्री चित्रकारले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउने जानकारी बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले वताए ।

कार्यविभाजन नियावली संशोधन गरेर कार्यविभाजन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। यस्तै बैठकले प्रदेश आन्तरिक पर्यटन काज सम्बन्धी मापदण्ड, २०८०, ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क हवाई उद्वार सेवासम्बन्धी कार्यविधि, २०८० र प्रदेश विपद् व्यवस्थापन परिचालन कोष कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा सङ्ख्या तथा सिमाना हेरफेरका लागि नेपाल सरकारमा पठाउने निर्णय बैठकले गरेको मन्त्री श्रेष्ठले बताए। उनका अनुसार संशोधनसहित केही विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *