वालविकास सिकाई केन्द्रलाई जग्गा प्रदान गर्ने योन्जन सम्मानीत

सिन्धुली,हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाज्यूको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष चेखबहादुर थिङज्यूको उपस्थितीमा वडा नम्बर ५ स्थित मिलनचोक सामुदायिक वालविकास सिकाई केन्द्रलाई ३ कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नु हुने जग्गादाता पञ्चलाल योन्जनलाई ागँउपालीकाले सम्मान गरेएको छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष साईला लामाको अध्यक्षतामा एक औपचारिक कार्यक्रमको आयोजन गरि गाउँपालिकाको तर्फबाट अध्यक्षज्यू,उपाध्यक्षज्यूले शैक्षिक तथा भौतिक पुर्वाधार विकासमा अमूल्य योगदान गरेकोमा जग्गादाता पञ्चलाल योन्जनलाई भव्य रुपमा सम्मान गर्नुभएको हो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाज्यूले द्वारखोला र लाटीखोलाले गर्दा मिलनचोकका स्थानीयलाई बालबालिकालाई विद्यालय पठाउन असहज भइरहेको त्यस्तै शिशुकक्षाका बालबालिका हिँडेर आवात्जावत् गर्न नसक्ने गुनासो आएको बताउनुभयो ।

उहाँले सो ठाउँको अवलोकन गरेपछि वालविकास सिकाई केन्द्रको लागि दुईकोठे ट्रष्ट भवन गाउँपालिकाले निर्माण गरिदिने तर जग्गा स्थानियले उपलब्ध गराउनुपर्छ भन्ने बचन दिनुभएको थियो । त्यसैले सोहि ठाउँमा जन्मिनुभएर काठमान्डौँ बसोबास गर्दै आउनु भएका पञ्चलाल योन्जनले शिक्षाको लागि आफु जस्तै शहर केन्द्रित हुननपरोस् भनेर जग्गा उपलब्ध गराउनुभएकोमा उहाँले आभार व्यक्त गर्नुभयो । त्यस्तै उहाँले खोलामा तटबन्धन पनि गरिने बताउनुभयो ।

हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङज्यूले वालविकास सिकाई केन्द्र शिक्षार्को जग’ भएको उल्लेख गर्नुभयो । उहाँले यो समय भनेको खेल्ने,खाने र सिक्ने उमेर भएकोले अझै महत्वपुर्ण र संवेदनशील उमेर हुने बताउनुभयो । यहि समयलेनै पछिको भविष्य निर्धारण गर्ने भएको समयका बालबालिकालाई शिकाई केन्द्र निर्माणको लागि जग्गा उपलब्ध गराएकोमा उहाँले जग्गादातालाई धन्यवाद व्यक्त गर्नुभयो ।

हरिहरपुरगढी गाउँपालिकाले गत चैत बाटनै मिलनचोक सामुदायिक वालविकास सिकाई केन्द्रको अस्थाइ भवनमा बालबालिकालाई अध्ययन,अध्यापन सुरु गरिसेकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *