सिन्धुली,नाबालिका जर्वजस्ती बलात्कार गरेको आरोपमा सिन्धुली जिल्ला घर भएका माओवादी पुर्व लडाकु सह कमाण्डर पक्राउ परेका छन् ।
फागुन ४ गते मकवानपुरकी एक १३ वर्षीया बालिकालाई जर्वजस्ती बलात्कार गरेको अभियोगमा सिन्धुलीको मरिण गाउँपालिका ७ का हरिवहादुर श्रेष्ठ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार श्रेष्ठलाई पहिलो पटक अदालतवाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।
जनयुद्धमा श्रेष्ठ प्रमोद उप नामले चिनिन्थे । शान्ति प्रकृया सुरु भए पछि हरिवहादुर श्रेष्ठ सिन्धुलीको दुधौलीमा रहेको माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन सहकमाण्डर थिए । हाल उनी डाक्टर वावुराम भट्राईले नेतृत्व गरेको जनता समाजवादी पाटीका केन्द्रिय सदस्य छन् ।