विद्यालय वेरोजगारको प्रमाणपत्र जारी गर्ने संस्थाको रुपमा विकास हुनुहुन्नःवास्कोटा

सिन्धुली,मरिण गाँउपालीकालाई नेपाल सरकारद्धारा सहयोग गरिएको शैक्षिक गुणस्तर प्रवर्दनको लागी शैक्षिक विकाश तथा सुचना प्रविधि पुर्वाधार मैत्री सहयोग कार्यक्रमको नेपाल सरकारका पुर्व सचिव कृषण्णहरि वास्कोटाले उद्घाटन गरेका छन ।

कार्यक्रम उद्घाटन गर्दै पुर्व सचिव वास्कोटाले भने,नेपाल सरकारले सवैका लागी शिक्षा भन्ने नारा लिएको छ । यो शिक्षा गुणस्तरीय हुनुको साथै सिपमुलक,आयमुलक,जीवनोपयोगी तथा विद्यालय वेरोजगारको प्रमाणपत्र जारी गर्ने संस्थाको रुपमा विकास हुनु हुँदैन ।

कुनै पनि विद्यालयमा संचालका लागी पाठ्यपुस्तक,शिक्षक, शिक्षा सामाग्री,प्रयोगशाला,खेलमैदान,भौतिक पुर्वाधार, खानेपानी,शौचालय,परिसरको वातावरण,वाल वगैचा,वाल उद्यान,फर्निचर,कम्युटर ल्याव,प्राविधिक एनेक्स अनिवार्य हुनु पर्ने वास्कोटाले वताए ।

सो कार्यक्रममा शिक्षामा गुणस्तर वुद्धिका लालि मुख्य तिन उदेश्यहरु भएको उलेख गर्दै वद्यार्थीमैत्री वातावरण निर्माण गर्ने,शिक्षक लगायतको क्षमता अभिवुद्धि गर्ने र अभिभावकमा चेतना अभिवृद्धि गर्ने गाँउपालीकालाई वास्कोटाले सुझाव दिए ।

कार्यक्रममा गाँउपालीका अध्यक्ष विमर्ष मोक्तान(प्रख्यात)ले शैक्षिक सुधारको लागी मरिण सरकारले शिक्षामा उलेख्य लगानी गरेको वताए । कार्यक्रमका श्रोत व्यक्ती नेपाल सरकारका पुर्व सचिव कृष्णहरि वासकोटाले शैक्षिक सुधारका लागी दिएको सुझावलाई गाँउपालीकाले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

यस्तै मरिण गाँउपालीका प्रमुख प्रशासकिय अधिकृत ओम दर्जीले शैक्षिक गुणस्तर प्रवर्दनको लागी शैक्षिक विकाश तथा सुचना प्रविधि पुर्वाधार मैत्री सहयोग कार्यक्रम कार्यान्वयन गर्न कक्षा कोठाको लागी आवश्यक पर्ने इसीडी र आईसीडिका सामाग्रीहरु खरिद गरिएको वताए ।

सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर उकास्न मन्त्रालयवाट प्राप्त अनुदान १ करोड रुपैयाँ खर्च हुने वताए । यो कार्यक्रम मरिण गाँउपालीका शिक्षा शाखाले छनोट गरेका १० विद्यालयमा लागु हुने प्रमुख प्रशासकिय अधिकृत दर्जीले जानकारी दिए । कार्यक्रममा मरिण गाँउपालीकाको १० विद्यालयका शिक्षक,अभिभावक तथा विद्यार्थीहरु तथा जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *