विद्युतीय सवारी वातावरण संरक्षण हाम्रो जिम्मेवारी ।।

देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । बिजुलीको सहज उपलब्धताका कारण पेट्रोलियम सवारी साधन छाड्दै क्रमशः विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्ताको आकर्षण बढेकोे छ ।
योसँगै सिन्धुलीको वि.पि राजमार्ग पनि नेपालको राजमार्गहरुमध्ये निकै व्यस्त राजमार्गको रुपमा रहेको छ । काठमाण्डौँबाट ९५ किलोमिटरको दुरीमा रहेको मुल्कोट बजार पर्यटकीय हवको रुपमा स्थापित भइरहेको छ । पछिल्लो समय रिसोर्ट, रेष्टुरेण्ट, होटल, सुनकोशीमा र्याफ्टीङ सुविधा लगायतका सुविधाले मुल्कोट पर्यटकहरुको रोजाईको क्षेत्रमा स्थापित भएको छ ।
राजमार्गमा अहिले धेरैजसो विद्युतीय सवारीको चाप बढिरहेको बेला ठाउँ ठाउँमा स–साना चार्जिङ स्टेशनहरु बनिरहेका छन । वि.पि राजमार्गमा गुड्ने विभिन्न कम्पनीका विद्युतीय सवारी साधनहरु र मुल्कोट घुम्न आउने पर्यटकहरुलाई मध्यनजर गर्दै सुनकोशी गाउँपालिका मुल्कोट स्थित क्वालिटि वीच रिसोर्टले चार्जिङ स्टेशनको सुरुवात गरेको क्वालिटि वीच रिसोर्टका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

क्वालिटि रिसोर्टको लगानिमा संचालित चार्जिङ प्वाइन्टमा प्रति युनिट्को १० रुपैयाँका दरले सेवा दिइने क्वालिटि रिसोर्ट संचालक समितिका सदस्य बिनोद कुमार श्रेष्ठले जानकारी दिनुभयो । यस चार्ज प्वाइन्टमा GB/T, चार्जिङ पोर्ट विद्युतीय भ्यान र कर्मसियल सवारी साधनहरुको लागि र CCS2 चार्जिङ पोर्ट, MG, KONA, TATA NEXON, BYD, TESLA लगायत विभिन्न कम्पनीका विद्युतीय सवारी साधनहरु चार्ज गर्न सकिने रिसोर्टका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले एकैपटक २४ वटा सम्म सवारी चार्ज हुने र निकट भविष्यमै एकपटकमा ५० वटा विद्युतीय सवारी चार्ज गर्न सकिने गरि लक्ष्य लिएको क्वालिटि वीच रिसोर्ट संचालक समितिका सदस्य बिनोद कुमार श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *