विद्युत प्राधिकरण सिन्धुली केन्द्रका प्रमुख लम्सालले लिए सम्मान

सिन्धुली,नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्र सम्मानित भएको छ । नेपाल विद्युत प्राधिकरणको ३९ र्औ वार्षिकउत्सवको उपलक्ष्यमा कदर पत्र प्रदान गरिएको छ । वार्षिकउत्सवमा विद्युत प्राधिकरणकले ग्रामिण क्षेत्रमा जनचेतनामुलक कार्यक्रम संचालन गरी अनलाईन महशुल संकलनमा उलेख्य योगदान गरेको,तोकिएको लक्ष्य भन्दा चुहावट प्रतिशत कममा सिमित राखेको,विद्युतिय सवारीका लागी सार्वजनिक स्थलमा चार्जिङ स्टेशन निर्माण गर्न छिटो छरितो रुपमा लाइन निर्माण गरेको भन्दै सम्मान गरको छ ।

यस्तै सिन्धुली वितरण केन्द्रले सडकवत्तीको अधिकतम महशुल संकलन गरेकोले सिन्धुली वितरण केन्द्रका सम्पुर्ण कर्मचारीहरुको योगदानको उच्च मुल्याकन गर्दै नेपाल विद्युत प्राधिकरणको ३९ औं वार्षिकउत्सवको उपलक्ष्यमा कदर पत्र प्रदान गरिएको छ । कदर पत्र नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका प्रमुख शिसिर लम्साललाई प्रदान गरिएको छ ।

दिपक खड्का मन्त्री उर्जा,जलश्रोत,तथा सिंचाई मन्त्रालय,गोपाल प्रसाद सिग्देश सचिव उर्जा,जलश्रोत,तथा सिंचाई मन्त्रालय,कुलमान घिसिङ कार्यकारी निर्देशन नेपाल विद्युत प्राधिकरणले सम्मान पत्रमा दस्तखत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *