सिन्धुली,वर्षाद सँगसँगै नेपाल विधुत वितरण केन्द्र सिन्धुलीले विधुतीय दुर्घटनावाट वच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ । केही दिन देखी देशका विभिन्न स्थानहरुमा विधुतीय दुर्घटनामा परी धनजनको क्षेती भएकोले त्यस तर्फ ध्यान दिन सिन्धुली वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले आह्वान गरेका छन ।
पानी परेको समयमा सर्वसाधारणले यी कुरामा ध्यान दिनु पर्ने छ । पोल,टावर,स्टे,तार जस्ता विधुतीय संरचना हात वा फलामले नछुने, विधुत तार लत्रिएको भए नजिकको विधुत कार्यालयलाई जानकारी दिने, विधुत लाइन माथि वा नजिक रहेका रुखका हाँगाहरु काट्दा विधुतीय तारमा छुनगई दुर्घटना हुन सक्ने छ । तार पोलमा हुकिङ लगाएका कुनै विधि प्रयोग गरी विधुत चोरी नगर्ने,कसैले गरेको देखेमा तत्काल नजिकैको विधुत कार्यालय जानकारी दिन सिन्धुली वितरण केन्द्रका प्रमुख लम्सालले सर्वसाधारलाई आग्रह गरेका छन ।